
काठमाडौं – गायक तिलक बस्नेत र गायिका कल्पना पाण्डेको स्वरमा सजिएको गीत ”बाधि राखन” युट्युबमा सार्वजनिक भएको छ ।
बुधवार नयाँ नयाँ न्युज नेपाल नामक युट्युब च्यानल मार्फत गीतलाई सार्वजनिक गरिएको हो ।
यसअघि ‘रनभुल्’ ‘माया पिरिम’ लगायत थुप्रै गीत गाएर चर्चामा आएका गायक बस्नेतको नयाँ गीतमा प्रकाश न्यौपानेको शब्द रहेको छ भने गायक बस्नेतकै संगीत रहेको छ ।
यसैगरी, रमेश सेन्चुरीले एरेन्ज गरेको यस गीतलाई सिर्जन बरालले निर्देशन रहेको उक्त भीडयो को छायाकन राजेश घिमिरेको साथै सम्पादन अमृत चापागाईको रहेको छ ।
गीतमा चर्चित अभिनेता शिशिर भण्डारी र रोशनी कर्किको अभिनय रहेको छ ।
केहि समय अगाडी भण्डारीको लेखन तथा अभिनय रहेको गीत ‘फोटो फिरिममा’ले इतिहासनै कोर्न सफल भएको थियो।
गीतको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला
