प्रणब मुखर्जी को निधनपछि भारतमा ७ दिन राष्ट्रिय शोकको घोषणा

प्रणब मुखर्जी को निधनपछि भारतमा ७ दिन राष्ट्रिय शोकको घोषणा

Sell & Get Post Ads

प्रणब मुखर्जी को निधनपछि भारतमा ७ दिन राष्ट्रिय शोकको घोषणा

एजेन्सी । भारतीय राष्ट्रपति रामनाथ कोविद तथा प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्व राष्ट्रपति प्रणब मुखर्जी को निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्देश व्यक्त गरेका छन् ।

राष्ट्रपति कोविदले पूर्व राष्ट्रपति मुखर्जीको आत्माको चीर शान्तिको कामना गर्दै उनका परिवारजन इष्टमित्र तथा सवै देशवासीमा समवेदना व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत् दिइएको शोक सन्देशमा भनिएको छ, “पूर्व राष्ट्रपति प्रणव मुखर्जी रहनुभएन ।

उहाँको मृत्युसँगै एक युगको अन्त्य भएको छ । उहाँको निधनबाट राष्ट्रलाई अपुरणीय क्षति भएको छ ।

उहाँले भारतमाताको एक ऋषिको भावनाले सेवा गर्नुभएको थियो । राष्ट्रले उसको होनाहार सपुतमध्ये एकलाई गुमाएको छ ।”

“यस शोकको घडीमा पूर्व राष्ट्रपति मुखर्जीप्रति हार्दिक श्रद्धाञ्जलि साथै उहाँको परिवारजन, इष्टमित्र तथा सम्पूर्ण देशवासीमा समवेदना प्रकट गर्दछु ।

” भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि पूर्व राष्ट्रपति मुखर्जीको निधनप्रति दुःख व्यक्त गर्दै उनीप्रति उच्च सम्मानसहित श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

प्रधानमन्त्री मोदीले ट्वीटरमार्फत् दिएको शोक सन्देशमा भनिएको छ, “भारत रत्न प्रणव मुखर्जीको मृत्युमा सम्पूर्ण भारत शोकमग्न बनेको छ ।

उहाँले हाम्रो देशको विकासको बाटोमा अमिट छाप छोड्नुभएको छ । उहाँ विद्वान तथा सम्मानित राजनेता हुनुहुन्थ्यो र उहाँ समाजका सबै वर्गमा प्रशंसनीय हुनुहुन्छ ।”

“पूर्व राष्ट्रपति मुखर्जीको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली । साथै परिवार जनमा समवेदना ।”

त्यसैगरी भारतीय काँग्रेसका नेता राहुल गान्धी तथा अन्य नेताहरूले पनि पूर्वराष्ट्रपतिको निधन भारतको लागि अपुरणीय क्षति भन्दै श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

एक हप्ता शोक मनाइने

भारत सरकारले स्वर्गीय पूर्व राष्ट्रपति मुखर्जीको निधनप्रति दुःख व्यक्त गर्दै यही अगस्ट ३१ देखि सेप्टम्बर ६ सम्म (सात दिन) राष्ट्रिय शोकको घोषणा गरेको छ ।

उक्त राष्ट्रिय शोकको अवधिमा राष्ट्रिय झण्डा आधा झुकाउने अन्य औपचारिक कार्यक्रमहरू स्थगित गरिने केन्द्र सरकारले बताएको छ ।

उनको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने गृह मन्त्रालयले बताएको छ ।  # प्रणब मुखर्जी

नेपाली गीतहरु

यो पनि पढ्नुहोस्

दैनिक ८ सय नेपाली ल्याइने, बैदेशिक राजेगारीका लागि श्रम स्वीकृति खुला गर्ने सरकारको निर्णय

 

Sell & Get Post Ads

Leave a Reply

Your email address will not be published. Required fields are marked *