‘सरकारलाई बदनाम गर्ने काम भयो’
तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भएर जनता समाजवादी पार्टी गठन भएसँगै प्रदेश २ सरकार परिवर्तन हुने चर्चा सुरु भएको छ । यस्तो चर्चासँगै पार्टीका नेताहरुको दौडधुप पनि बाक्लिएको छ ।
संघमा विपक्षी दलको भूमिका निर्वाह गरिरहेको र प्रदेश २ मा सरकारको नेतृत्व गरिरहेको पार्टीले संघीय सरकार र आफ्नो नेतृत्वको प्रदेश सरकारका सफलता/असफलतलाई कसरी मूल्याङ्कन गरिरहेको छ भन्ने पनि महत्वपूर्ण प्रश्न नै हो । प्रतिश्पर्धात्मक राजनीति, पार्टी एकीकरणपछिका गतिविधि, कोरोना संक्रमण र प्रदेश २ सरकार परिवर्तनको चर्चा लगायतका विषयमा आधारित रहेर जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग रातोपाटीले संक्षिप्त वार्ता गरेको छ । प्रस्तुत छ, अध्यक्ष यादवसँग फोनमा गरिएको कुराकानी :
तत्कालीन समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरण भएर जनता समाजवादी पार्टी गठन भएको छ, तत्कालीन दुवै दलका संगठन समायोजन गर्न निर्देशिका पारित भइसकेको भनिएको थियो, समायोजनको कामचाहिँ कहाँ पुग्यो ?
– समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरण भएसँगै तत्कालीन दुई दलबीचको संगठन समायोजनको प्रकृया पनि शुरु भएको छ । यद्यपि कोरोनाको महामारी र त्यसका कारणले जिल्ला जिल्लामा लागु गरिएको निषेधाज्ञा र लकडाउनले राजनीतिक गतिविधिमा असर गरेको छ । सोचेजस्तो गतिविधिहरु गर्न पाइरहेको छैन, तैपनि समायोजनको कामहरु विस्तारै विस्तारै अगाडि बढीरहेको छ ।
समायोजनकै विषयमा छलफल गर्न कार्यकारिणी समितिका पाँचजना पदाधिकारीलाई जिम्मेवारी दिएको छ ।
पाँचैजनाको बीचमा नियमित छलफल भइरहेको छ ।
पहिलो कुरा त प्रदेश २ लाई अनाहकमा बढी बदनाम गराउने चलन चलेको छ ।
प्रदेश २ मामात्र हैन, हरेक प्रदेशमा त्यस्तै समस्या छ । त्यो समस्या समाधान गर्नु कता हो कता, उल्टै विभिन्न खालको
आरोप लगाउने गरिएको छ, जुन सत्य होइन ।
छलफलमा के–कस्ता विषय उठेका छन् ?
–हाम्रो बीचमा समायोजनकै विषयमा छलफल हुन्छ । समायोजनलाई कसरी चाँडै टुंग्याउने भन्ने विषयमा कुराकानी हुन्छ तर परिस्थितिबस् सोचजस्तो भइरहेको छैन ।
पार्टीभित्रका अन्य समितिहरु पनि गठन गर्न बाँकी नै छन् ।
त्यसका विषयमा पनि छलफल भइरहेको छ ।
यो अवस्थामा पनि समायोजनका कार्य कसरी टुङ्ग्याउन सकिन्छ भन्नेबारे छलफल र तयारी भइरहेको छ ।
दुई पार्टीबाट मिलाएर एउटा केन्द्रीय समिति बनाउने गृहकार्य भइरहेको छ र त्यो चाँडै घोषणा हुनेछ ।
तपाईहरुको पार्टी एकीकरण हुने बित्तिकै अहिले सबैको ध्यान प्रदेश २ तिर गएको छ, त्यहाँको सरकारमा देखिएका भ्रष्टाचार, विकृति, विसंगतिदेखि लिएर प्रदेश सरकार परिवर्तनसम्मका विषय सार्वजनिक चर्चामा आइरहेका छन्, यसबारे तपाईहरुको बीचमा कुराकानी हुन्छ कि हुँदैन ?
–पहिलो कुरा त प्रदेश २ लाई अनाहकमा बढी बदनाम गराउने चलन चलेको छ ।
प्रदेश २ मामात्र हैन, हरेक प्रदेशमा त्यस्तै समस्या छ ।
त्यो समस्या समाधान गर्नु कता हो कता, उल्टै विभिन्न खालको आरोप लगाउने गरिएको छ, जुन सत्य होइन ।
कोरोनाको विषयलाई अहिले प्रदेश २ को आलोचना हुने गरेको छ तर के कोरोनाको समस्या प्रदेश २ मा मात्र हो र ?
देशभरि मात्र होइन, विश्वभरि नै त्यो समस्या देखिएको छ । संघीय राजधानी काठमाडौँ उपत्यकामा कोरोना महामारी फैलिएको छ ।
नियन्त्रणभन्दा बाहिर गइसकेको छ, त्यसको आलोचना किन हुँदैन त ? त्यसैले मेरो विचारमा प्रदेश २ माथि जेजति आरोप लागिरहेको छ,
त्यो षड्यन्त्रपूर्वक तथा सुनियोजित ढंगबाट लाग्ने गरेको छ । तर प्रदेश २ मा यस्तै रहिरहोस् भन्ने मेरो धारणा होइन ।
जे समस्या त्यहाँ छ, त्यो समाधान हुनुपर्छ । प्रदेश सरकारले पहल गरेर समाधान गर्नुपर्छ ।
त्यहाँको सरकारलाई अझै प्रभावकारी कसरी बनाउने, जनताको हितमा अझै कसरी प्रयोग गर्नेजस्ता कुरामा ध्यान दिनुपर्ने हुन्छ ।
सरकार परिवर्तनको कुरा नि ?
–अहिल्यै सरकार परिवर्तन हुँदैछ, भोलि नै परिवर्तन हुँदैछ भनि जुन हल्ला बजारमा छ, त्यो हावा कुरा हो ।
यस विषयमा पार्टीमा कुनै छलफल नै भएको छैन । कसैले यसको बारेमा चर्चा पनि गरेको छैन ।
कार्यकारिणी समितिको बैठकमा यो विषयमा कुनै कुरा उठेको छैन । कसै–कसैलाई मन्त्री बन्ने रहर जागेको होला ।
‘फलानोभन्दा यो राम्रो हुन्छ, मैले पनि मौका पाउनुपर्छ, मैले मौका पाए यो गर्थेँ–त्यो गर्थेँ’ भन्ने लाग्नेले
त्यसका लागि प्रयास गर्नु स्वाभाविक हो तर पार्टीमा यस विषयमा कुनै छलफल भएको छैन ।
तपाईकै पार्टीका प्रदेश सांसदहरुले प्रदेश सरकारमा बेथिति बढ्यो, यसलाई परिवर्तन गर्नुपर्छ भनेर डेलिगेसनसहित तपाईहरुलाई भेटेरै ध्यानाकर्षण गराएका थिए, पार्टीको कार्यकारिणी समितिको बैठकमा पनि यो विषय उठेको थियो, होइन र ?
–कार्यकारिणी समितिको बैठकमा यो विषयमा कुनै कुरा उठेको छैन ।
कसै–कसैलाई मन्त्री बन्ने रहर जागेको होला । ‘फलानोभन्दा यो राम्रो हुन्छ, मैले पनि मौका पाउनुपर्छ,
मैले मौका पाए यो गर्थेँ–त्यो गर्थेँ’ भन्ने लाग्नेले त्यसका लागि प्रयास गर्नु स्वाभाविक हो
तर पार्टीमा यस विषयमा कुनै छलफल भएको छैन । प्रदेश सरकारले गरेका राम्रा,
नराम्रा कामको मूल्यांकन गरेपछि मात्र त्यहाँको सरकारको बारेमा पार्टीले कुनै निर्णय लिन्छ,
अहिले त्यस्तो कुनै सोच पनि छैन र छलफलको विषय पनि बनेको छैन ।
भन्नाले अहिले पार्टी तहमा प्रदेश–२ सरकारको मूल्यांकन गर्ने काम भइरहेको छ ?
–अहिले त्यस्तो केही भइरहेको छैन र पार्टीको तत्काल कुनै योजना पनि छैन ।
परिस्थिति अनुकुल भएपछि, सहज भएपछि त्यहाँको कामकाजको मूल्यांकन पनि हुन्छ ।
अहिले त्यसको बारेमा पार्टीले केही गरेको छैन ।
भनिन्छ, प्रदेश सरकारले आफू काम गर्दैन र सबै दोष संघीय सरकारमाथि खन्याएको हुन्छ । यस्तो आरोप अन्य दलका साथै तपाईकै दलका सांसद तथा नेताहरुले पनि लगाईरहेका छन्, यसको बारेमा तपाईको बुझाइ के छ ?
–प्रदेश सरकारले कामै गरिरहेको छैन भन्नु पनि गलत हो । तर जुन परिणाम ल्याउने गरि काम हुनुपथ्र्यो, त्यो नभएको होला ।
पक्कै पनि यत्रो संघर्ष र बलिदानबाट प्राप्त सरकार हो, त्यसबाट जनताले अपेक्षा गर्नु स्वाभाविक हो र त्यो अपेक्षा पुरा भएन भने आलोचना र टिप्पणी भइ नै हाल्छ ।
तर प्रदेश सरकारसँग कति अधिकार छ, जनताको हकमा कति काम गर्न सक्छ, त्यो पनि बुझ्नुपर्ने कुरा हो ।
यो कोरोनाको विषयमा कुनै सरकारलाई दोष दिन मिल्दैन । अहिले काठमाडौंमा कोरोनाको महामारी व्यापक भइसकेको छ ।
यसको दोष कसले लिने ? यो काठमाडौंको मात्र होइन, प्रदेश १ र ५ को पनि त्यही हालत छ । देशैभरको त्यही हालत छ ।
जनताको काम स्थानीय सरकारले गर्ने हो, विकाससँग सम्बन्धित अधिकाँश कुरा स्थानीय तहसँग जोडिएको छ तर स्थानीय तहलाई संघीय सरकारले
आफ्नो मातहतमा राखेको छ । अनि स्थानीय तहले काम गर्न सकेन, गाउँ–गाउँमा विकास हुन सकेन भने त्यसको दोषचाहिँ प्रदेश सरकारलाई लगाउन मिल्दैन ।
प्रदेश सरकारसँग न आफ्नो कर्मचारी छ, न प्रहरी छ । सबैकुरा संघले आफ्नो मातहत राखेको छ । संघ सरकारलाई लागेको बेलामा कर्मचारी पठाईदिन्छ र मन
लागेको बेला फिर्ता बोलाइहाल्छ । प्रदेश सरकार गठन भएदेखि पटक पटक सचिव सरुवा भएको छ ।
तपाई नै भन्नुस्, यस अवस्थामा प्रदेश सरकारले कसरी काम गर्छ ? तर फेरि भन्छु, प्रदेश सरकारमा कुनै कमी–कमजोरी छ भने त्यसलाई सुधार गरेर अगाडि बढ्नुपर्छ ।
तपाई त्यस्तो भन्नुहुन्छ, तर हालसम्म (साउन १३ सम्म) मा कोरोनाबाट २ सय बढीको जनाको मृत्यु