‘ब्ल्याक प्यान्थर’ अभिनेता चाडविक बोसम्यान रहेनन्

‘ब्ल्याक प्यान्थर’ अभिनेता चाडविक बोसम्यान रहेनन्

Sell & Get Post Ads

रहेनन् ‘ब्ल्याक प्यान्थर’ अभिनेता चाडविक बोसम्यान

सन् २०१८ मा रिलिज भएको हलिउड सुपरहिरो सिनेमा ‘ ब्ल्याक प्यान्थर ‘का शीर्ष अभिनेता चाडविक बोसम्यानको शुक्रबार निधन भएको छ।

४३ वर्षे बोसम्यानको लस एन्जल्सस्थित निवासमा मृत्यु भएको हो। उनलाई पेटको क्यानसर थियो।

चार वर्ष अगाडि क्यान्सर भएको पत्ता लागेको भएपनि उनले आफ्नो स्वास्थ्यस्थितिलाई सार्वजनिक गरेका थिएनन्।

साउथ क्यारोलिना राज्यमा जन्मिएका बोसम्यानले हावर्ड विश्वविद्यालयबाट स्नातक गरेपछि अभिनययात्रा सुरू गरेका थिए।

करियरको सुरूमा टेलिभिजनमा सानोतिनो भूमिकामा अभिनय गरेका उनलाई खास चर्चा सन् २०१३ मा रिलिज भएको अमेरिकी बास्केट बल खेलाडी ज्याकी रोबिन्सनको जीवनीमा आधारित ‘४२’ सिनेमाबाट मिलेको थियो।

सिनेमामा उनी सन् २००८ मा ‘द एक्सप्रेसः द अर्नी डेभिस स्टोरी’बाट डेब्यू भएका थिए।सेतोपाटिबाट सभार

भाईरल भिडियोहरु हेर्नुहोस्

 

यो पनि हेर्नुहोस्

सीपीएल मा जमैकाको तेस्रो जित, सन्दीपले लिए २ विकेट

 

 

 

Sell & Get Post Ads

Leave a Reply

Your email address will not be published. Required fields are marked *