सीपीएल मा जमैकाको तेस्रो जित, सन्दीपले लिए २ विकेट

सीपीएल मा जमैकाको तेस्रो जित, सन्दीपले लिए २ विकेट

Sell & Get Post Ads

सीपीएल मा जमैकाको तेस्रो जित, सन्दीपले लिए २ विकेट

१४ भदौ, काठमाडौं । ग्लेन फिलिप्सको अर्धशतक र कार्लोल ब्रेथइटेको उत्कृष्ट बलिङ मद्दतमा जमैका तल्लावाहजले क्यारेबियन प्रिमियर लिग सीपीएल मा तेस्रो जित हात पारेको छ ।

नेपाली स्पीनर सन्दीप लामिछानेले २ विकेट लिएको उक्त खेलमा जमैकाले सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सलाई ३७ रनले पराजित गरेको हो ।

६ खेलमा ३ खेल जितेको जमैकाले ६ अंक नै जोडेको छ र अंक तालिकामा तेस्रो स्थानमा उक्लेको छ ।

जमैकन बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि १४८ रनको लक्ष्य पछ्याएको सेन्ट किट्स १९.४ ओभरमा ११० रनमै अलआउट भएको थियो ।

उसका लागि काएरन पावेल र एभिन लेविसले समान २१ रन बनाए ।

सेन्ट किट्सलाई अलआउट गर्न जमैकाका लागि ब्रेथवेइटले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए ।

सन्दीप लामिछाने फिडेल एवारड्स र भिरास्वामी परमुलले २–२ विकेट लिए ।

ब्रेथवेइटले ३.४ ओभरमा १ मेडन राख्दै ११ रन मात्र खर्चेर ३ विकेट लिए ।

सन्दीपले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । यस्तै परमुलले ४ ओभरमा २० रन खर्चिए ।

त्यसअघि क्वीन्स पार्क ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको जमैकाले ओपनर ग्लेन फिलिप्सको अर्धशतक मद्दतमा २० ओभर खेल्दै

६ विकेट गुमाएर १४७ रन बनाएको थियो ।

फिलिप्सले ६१ बल खेल्दै २ चौका र ६ छक्काको मद्दतमा ७९ रन बनाए ।

यस्तै जर्मेन ब्ल्याकउडले २७ रन जोडे ।

सेन्ट किट्सका कप्तान राएद एमरिटले ३ विकेट लिए ।

पोलार्डको शानदार ब्याटिङमा ट्रिनबागो अपराजित

कप्तान काएरन पोलार्डले बिस्फोटक ब्याटिङ गर्दै ७२ रन बनाएपछि ट्रिनबागो नाइट राइडर्सले साविक विजेता बार्बेडोस ट्राइडेन्सलाई २ विकेटले हरायो ।

पोलार्डले २८ बलमा २ चौका र ९ छक्का मद्दतमा ७२ रन बनाएपछि ट्रिनबागोले १४९ रनको लक्ष्य एक बल बाँकी छँदा ८ विकेट गुमाएर पूरा गर्यो ।

खेरे पेरीले ५ बल खेल्दै अविजित १० रन जोडे । यस्तै ओपनर लेण्डन सिमोन्सले ३२ रन बनाए । बार्बेडसका कप्तान ज्यासन होल्डरले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बार्बेडोसले २० ओभर खेल्दै ७ विकेट गुमाएर १४८ रन बनाएको तियो ।

बार्बेडोसका लागि जोन्सन चार्लसले ४७ र केयल मेयर्सले ४२ रन बनाए । ट्रिनबागोका अपिल हुसेन, जेयडन सिल्स र सिकन्दर राजाले २–२ विकेट लिए ।

अपराजित रहँदै लगातार ६ खेल जितेको ट्रिनबागो १२ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ ।

चौथो हार व्यहोरेको बार्बेडोस ४ अंकसहित चौथो स्थानमा छ ।# सीपीएल

source:-Onlinekhabar

 भिडियोहरु हेर्नुहोस्

https://www.youtube.com/watch?v=9JGHgPszLXc

https://www.youtube.com/watch?v=ahGb3_dTWhU

 

यो पनि हेर्नुहोस्

सज्जा चौलागाईं बनिन नेपाल आइडल सिजन–३ को बिजेता

 

 

Sell & Get Post Ads

Leave a Reply

Your email address will not be published. Required fields are marked *