-चौरजहारी घटना-
काठमाडौँ — पश्चिम रुकुमको चौरजहारी नगरपालिका-८ मा जेठ १० गते भएको घटनामा मृत्यु भएका ६ जना युवाको परिवारलाई १०-१० लाख रुपैयाँ आर्थिक सहायता दिने सरकारले निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्का निर्णय मंगलबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता अर्थ तथा सूचना र प्रविधि मन्त्री युवराज खतिवडाले यस्तो जानकारी दिएका हुन् ।
दलित युवाले कथित उपल्लो जातिकी केटी भगाउन खोजेको भन्दै गाउँलेले गरेको आक्रमणमा परि जाजरकोटको भेरी नगरपालिकाका नवराज विक लगायतका युवाको ज्यान गएको थियो । उनीहरुको शव केही दिनको अन्तरमा भेरीमा भेटिएको थियो । यो घटनामा नवराज विक, गणेश बुढामगर, सन्दिप विक, लोकेन्द्र सुनार, टीकाराम सुनार र गोविन्द शाहीले ज्यान गुमाएका थिए ।
यस्तै सरकारले घटनाका घाइते १२ जनालाई उपचारमा लागेको खर्च बराबरको रकम उपलब्ध गराउने पनि निर्णय गरेको छ ।कान्तिपुर
पुरा पढ्नुहोस्
गोंगबु घटना-चितवनबाट एम्बुलेन्स लिएर आएका थिए ‘भिनाजु’
यो पनि हेर्नुहोस्
कर्णालीमा बढे आत्महत्या र बलात्कारका घटना
नेपाली ट्रेन्डिङ गीतहरु
https://www.youtube.com/watch?v=ahGb3_dTWhU