गोंगबु घटना-चितवनबाट एम्बुलेन्स लिएर आएका थिए ‘भिनाजु’

गोंगबु घटना-चितवनबाट एम्बुलेन्स लिएर आएका थिए ‘भिनाजु’

Sell & Get Post Ads

-गोंगबु घटना-

काठमाडौँ —(गोंगबु घटना) गोंगबु स्थित डेरामा कृष्णबहादुर बोहराको औषधि खुवाएर हत्या गरेपश्चात कल्पना मुडभरी (पौडेल) ले एम्बुलेन्स चालकलाई बोलाएर चितवन भागेको खुलेको छ । ३७ वर्षीया कल्पनाले हत्या गरेको भोलिपल्ट आइतबार भिनाजुलाई फोन गरेको प्राविधिक अनुसन्धानमा खुलेको छ ।

अनि एम्बुलेन्स लिएर कल्पनालाई लिन चितवनबाट भिनाजु गोंगबु आएका थिए । ती एम्बुलेन्स चालकलाई कल्पनाले ‘भिनाजु’ भनेर सम्बोधन गर्ने गरेको पनि प्रहरीले बताएको छ । एम्बुलेन्स चालक नाताले वा सम्बोधनमा मात्रै भिनाजु हुन् भन्नेबारे प्रहरीले खुलाएको छैन ।

 

कोठामा हत्या गरेर नजिकै शव लुकाएपछि कल्पना आइतबार १५ वर्षीया छोरी र १३ वर्षका छोरा लिएर एम्बुलेन्समा चितवन भागेकी थिइन् । चितवन माइतीघरमा रहेकै बेला कल्पनालाई काठमाडौंबाट खटिएको अपराध महाशाखा र चितवन प्रहरीको टोलीले पक्राउ गरेको थियो । एम्बुलेन्स चालक र दुई छोराछोरी पनि चितवनबाटै पक्राउ परेका हुन् ।

 

कल्पना श्रीमानसँग अलग भएर छुट्टै बस्दै आएकी थिइन् । कल्पनालाई चितवनबाटै पक्राउ गरेर काठमाडौं ल्याइएको छ । केहीबेरमा उनलाई सार्वजनिक गर्ने प्रहरी तयारी छ । स्रोतका अनुसार कल्पना र कृष्णबहादुरको पहिलेदेखि नै आउजाउ थियो । एकापसमा दुवै परिचित थिए ।

 

अफगानिस्तानलगायत मुलकमा बसेर आएका कृष्णबहादुर काठमाडौंमै व्यापार व्यवसाय गर्ने तयारीमा भएको बताइए पनि यसको पनि यकिन भइसकेको छैन । कृष्णबहादुर हत्या भएको दिन राति कल्पनाकै कोठामा बस्न गएका थिए । यसबाट पनि उनीहरुबीच निकट सम्वन्ध रहेको बुझ्न सकिन्छ ।

 

यद्यपि दुई जनाबीच कुन किसिमको सम्बन्ध भन्नेबारे खुलाइएको छैन । आर्थिक लेनदेन वा अरु विवादले हत्याको रुप लियो भन्ने पनि खुलेको छैन ।

 

रोल्पाबाट दाङ बसाइँसराइँ गरी हाल काठमाडौंमा बस्दै आएका कृष्णबहादुर बोहराको हत्यामा कल्पना मुडभरी (पौडेल) नै मुख्य योजनाकार भएको निष्कर्ष प्रहरीले निकालेको छ । शनिबार राति कल्पनाको कोठामा पुगेका कृष्णबहादुर कल्पनासँगै बसेर बियर खाएको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । बियरको नसा चढ्दै गएपछि कल्पनाले कृष्णबहादुरलाई दहीमा औषधि घोलेर खुवाएको बयान दिएकी छिन् ।

 

त्यस रात कृष्णबहादुर ती महिलाकै घरमा बस्ने गरी गएको पनि अनुसन्धानबाट खुलेको छ । दही खाएपछि कृष्णबहादुर बेहोस भएको र त्यसपछि हथौडाले कृष्णबहादुरको संवेदनशील अंगमा प्रहार गरी उनको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । हत्या गर्दा कल्पनाका १५ वर्षीया छोरी र १३ वर्षका छोरा साथमै थिए । हथौडा प्रहारबाट हत्या गरेपछि शव लुकाउन कल्पनाले टाउको र खुट्टा काटेर प्लास्टिकको झोलामा राखेर टाउको र खुट्टाबिनाको भाग सुटकेसमा हालेर नाम्लोमा बोकेर बाहिर निस्केको पनि अनुसन्धानबाट खुलेको छ ।

कान्तिपुर # गोंगबु घटना

 

नेपाली ट्रेन्डिङ गीतहरु

https://youtu.be/ahGb3_dTWhU

यो पनि हेर्नुहोस्

गौतम बुद्ध भारतीय हुन-भारतीय विदेशमन्त्री एस. जयशंकर

 

 

Sell & Get Post Ads

Leave a Reply

Your email address will not be published. Required fields are marked *