
एजेन्सी । श्रीलङ्काले अन्तर्राष्ट्रिय विमानस्थललाई आगामी सेप्टेम्बरसम्म पुनः सञ्चालनमा नल्याउने बताएको छ । राजधानीबाट उत्तरी क्षेत्रमा रहेको कन्डाकाडुस्थित एक लागु औषध पुनःस्थापना केन्द्रमा कोभिड–१९ सङ्क्रमितहरूको नयाँ लहर भेटिएपछि सरकारले तत्काल अन्तर्राष्ट्रिय विमानस्थललाई खुला नगर्ने जनाएको हो ।
विमानस्थल तथा उड्ययन सेवा कार्यालयका एक वरिष्ठ अधिकारीले सिन्ह्वालाई दिएको जानकारीमा राष्ट्रपतिको कार्यालय र स्वास्थ्य अधिकारीहरूबीचको छलफलपछि श्रीलङ्काले आगामी अगस्टदेखि पुनः सञ्चालनमा ल्याउने भनिएका अन्तर्राष्ट्रिय विमानस्थललाई कम्तीमा आगामी सेप्टेम्बरको सुरूसम्म यथावत बन्द राख्ने बताएका छन् । यो निर्णय विदेशबाट श्रीलङ्का प्रवेश गर्ने यात्रुका लागि कडारूपमा लागु गरिने उनले बताए ।
मार्चमा बन्द गरिएका विमानस्थललाई आगामी अगस्टमा सञ्चालनमा ल्याउने तयारी गरिरहेका समय सरकारले यो निर्णय गरेको हो । हामीले विमानस्थललाई पुःन सञ्चालनमा ल्याउन कोभिड–१९को महामारीको वर्तमान् अवस्थाका कारण मिति त तय गरिसकेका छैनौँ तर सम्भवतः सेप्टेम्बरको कुनै दिनबाट सेवा चालु हुनेमा विश्वस्त छौँ ।रातोपाटी
