मानव शरीरका अनौठा तथ्यहरु

मानव शरीरका अनौठा तथ्यहरु

Sell & Get Post Ads

काठमाडौं ४, २०७७

मानव शरीरका अनौठा तथ्यहरु

Human_body

  • विश्वका ४६ प्रतिशत व्यक्तिहरुको रगत ‘ओ’ ग्रुपको रहेको हुन्छ ।
  • मानव शरीरमा सबभन्दा लामो शिरा ‘तल्लो भेनाकाभा’ (Inferior Venacava) हो । त्यसले मुटुभन्दा तलका अंगहरु र मुटु स्वयंमा रगत प्रवाह गर्छ ।
  • सामान्य अवस्थामा सरदर पाको पुरुषमा मुटुको धड्कन अथवा नाडीको गति प्रतिमिनेट ७० देखि ७२ सम्म हुन्छ । महिलाहरुमा यो ७८ देखि ८२ प्रतिमिनेटसम्म हुन्छ ।
  • पुरुषमा दाह्री जुंगा ‘होल’ नामक हर्मोन (ग्रन्थीबाट निस्कने तरल पदार्थ) को कारणबाट उम्रिन्छ । यो हर्मोन पुरुषमा मात्र हुन्छ । महिलाहरुमा भने ‘एस्ट्रोजन’ नामक हर्मोन हुन्छ, जसले दाह्री जुंगा उम्रन दिँदैन ।
  • निद्राको समयमा हाम्रो शरीरको तापक्रम लगभग एक डिग्री कम हुन्छ ।
  • जुन बेलामा मस्तिष्कमा आवश्यक मात्राको रगत प्रवाह हुन सक्दैन त्यस बेलामा मानिस बेहोश हुन पुग्दछ ।
  • हाम्रो शरीरमा कुल ६३९ वटा मांशपेशीहरु रहेका छन् ।
  • सबभन्दा बलवान मांसपेशी जिब्रो हो ।
  • जिब्रोमा लगभग ३००० वटा स्वाद कोठाहरु हुन्छन् । बृद्धाअवस्थामा यो घटेर ८०० हुन पुग्छ ।
  • मान्छेको ओठमा चिल्लो निकाल्ने ग्रन्थी हुँदैन ।
  • मान्छेको नङ्ग एक दिनमा अधिकतम ०.१ मि.मि. बढ्दछ । खुट्टाका औंलाहरुको तुलनामा हातका औंलाहरुमा छिटो छिटो नङ्ग बढ्दछ ।
  • गर्भभित्रको शिशुमा रगतको निर्माण मृगौलाबाट हुन्छ । तर जन्मेपछि मान्छेमा हाडभित्रको मासी (Bone Marrow) बाट रगत निर्माण हुन्छ ।
  • मानव मस्तिष्कमा लगभग ३० अर्ब स्नायु कोशिकाहरु रहेका हुन्छन् ।
  • पुरुषको मस्तिष्कको सरदर वजन १३८० ग्राम रहेको हुन्छ भने महिलाको १२५० ग्राम ।
  • हाम्रो शरीरमा पुरानो छालालाई एक महिनाभित्रमा नयाँ छालाले विस्थापन गरेको हुन्छ । साह्रै ढिलो गतिमा हुने भएकोले यसको चाल हामी पाउँदैन ।
  • मान्छेको शरीरमा कुल वजनको ७० प्रतिशत भाग तरल पदार्थको रहेको हुन्छ ।
  • हाम्रो आँखाको कोर्निया र लेन्समा रगतको प्रवाह हुँदैन ।
  • मानिसहरुले प्रति ६ सेकेण्डमा एक पटक आँखा झिमिक्क गर्छन् । दिनभरि आँखा झिमिक्क गर्दाको समयको हिसाव गर्दा एक जना मान्छेले हरेक दिन (रातमा होइन) लगभग आधा घण्टा आँखा बन्द गरेको हुन्छ ।
  • मस्तिष्कको दायाँ भागले हाम्रो शरीरको बायाँ भागलाई नियन्त्रण गर्दछ । त्यस्तैगरी शरीरको दायाँ भागलाई मस्तिष्कको बायाँ भागले नियन्त्रण गरेको हुन्छ ।
  • मान्छे जन्मेर ७ वर्ष पुग्दासम्म उसको मुटुले लगभग २७० करोड पटक ढुक ढुक गरिसकेको हुन्छ ।
  • ७ वर्षको उमेरसम्ममा मानव मुटुले करिब २७ करोड लिटर रगत पम्प गरिसकेको हुन्छ ।
  • भर्खर जन्मेको शिशु रोए पनि आँखाबाट आँशु आउँदैन । यसो हुनुको कारण के हो भन्ने त्यतिबेलासम्म शिशुको अश्रुग्रन्थी (आँशु उत्पादन गर्ने ग्रन्थी) विकसित भएको हुँदैन ।
  • एक जना वयस्क मान्छेको शरीरमा रक्तनलीहरुको कुल लम्बाई करिव १ लाख किलोमिटर हुन्छ ।
  • औसत मान्छेले आफ्नो जिन्दगीको करीब २० वर्ष समय निदाएर बिताएको हुन्छ ।  रातोपाटी

Title Photo Credit :https://cdn.britannica.com

 

 

Sell & Get Post Ads

Leave a Reply

Your email address will not be published. Required fields are marked *