ईरानमा एक डलरको मूल्य २ लाख ५५ हजार रियाल!

ईरानमा एक डलरको मूल्य २ लाख ५५ हजार रियाल!

Sell & Get Post Ads

एजेन्सी- ईरानको मुद्रा रियालको मूल्यमा अमेरिकी मुद्रा डलरको तुलनामा गैरआधिकारिक बजारमा भयावह तरिकाले गिरावट आएको छ । शनिबार यसले सबै रेकर्ड तोडेको थियो । अमेरिकी प्रतिबन्ध र कोरोनाभाइरसको महामारीका कारण यस वर्ष रियालमा लगभग ५० प्रतिशतले गिरावट आएको छ ।

फरेन एक्सचेन्ज साइट बोनबास्ट डटकमका अनुसार शुक्रबार एक अमेरिकी डलरको मूल्य २ लाख ४२ हजार ५ सय रियाल थियो । शनिबार यो २ लाख ५५ जहार ३ सय पुगेको थियो । आर्थिक पत्रिका दुनियाँ–एक–एक्तेसादका अनुसार शनिबार एक डलर खरिद गर्न गैरआधिकारिक बजारमा २ लाख ५२ हजार ३ सय रियाल तिर्नुपर्ने थियो जब कि शुक्रबार यो २ लाख ४१ हजार ३ सय रियाल थियो ।

२०२० मा रियालमा ४८ प्रतिशतले गिरावट आएको छ । तेलको मूल्यमा गिरावट र वैश्विक अर्थव्यवस्थामा मन्दीका कारण इरानको अर्थव्यवस्था नराम्रोसँग प्रभावित बनेको छ । मध्यपूर्वमा कोरोनाको सबैभन्दा बढी असर ईरानमा देखिएको छ । यहाँ मध्यपूर्वका अन्य देशको तुलनामा सबैभन्दा धेरै मृत्यु र संक्रमित भएका छन् । ईरानलाई औषधी आयातका लागि डलरको आवश्यकता पर्दछ ।

ईरानको आधिकारिक बजारमा भने एक डलरको मूल्य ४२ हजार रियाल रहेको छ । सन् २०१८ को मेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानसँग भएको परमाणु सम्झौता तोड्दै थप पं्रतिबन्ध लागू गरेका थिए । ईरानका राष्ट्रपति हसन रुहानीले रियालमा आएको भारी गिरवाटमा निर्याकर्ताहरु जिम्मेवार रहेको बताएका छन् । बीबीसी

 

 

Sell & Get Post Ads

Leave a Reply

Your email address will not be published. Required fields are marked *