भारतमा पछिल्लो २४ घण्टामा मात्रै ३४ हजारभन्दा बढीमा कोरोना संक्रमितको संख्या १० लाख ३९ हजारभन्दा बढी, ६ लाख ५३ हजारभन्दा बढी निको भए
श्रावण ३, २०७७ काठमाडौँ : भारतमा पछिल्लो २४ घण्टामा ३४ हजारभन्दा बढी व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएका छन् । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा मात्रै थप ३४ हजार ८ सय ८४ जनामा संक्रमण पुष्टि भएको छ ।
योसँगै भारतमा कोरोना संक्रमितको संख्या १० लाख ३९ हजारभन्दा बढी पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा थप ६ सय ७१ जनाको मृत्यु भएको छ ।
भारतमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २६ हजार २ सय ७३ पुगेको छ । त्यस्तै संक्रमण पुष्टि भएकामध्ये ६ लाख ५३ हजारभन्दा बढी निको भएको पनि भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।पछिल्लो २४ घण्टामा सबैभन्दा बढी महाराष्ट्रमा ८ हजार ३ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै तमलिनाडुमा ४ हजार ५ सय ३८, कर्नाटकमा ३ हजार ६ सय ९३, आन्ध्र प्रदेशमा २ हजार ६ सय २ र दिल्लीमा एक हजार ४ सय ६२ जनामा कोरोना देखिएको छ ।गत वर्षको डिसेम्बरमा चीन वुहानबाट सुरु भएको कोरोना भाइरस संक्रमणबाट विश्वभर एक करोड ४१ लाखभन्दा बढी संक्रमित भएका छन् ।
त्यस्तै विश्वका विभिन्न मुलुकमा गरी ६ लाख २ हजारभन्दा बढीको मृत्यु भएको छ । संक्रमण पुष्टि भएकामध्ये निको हुनेको संख्या झन्डै ७९ लाख रहेको छ ।कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ३६ लाख ४७ हजारभन्दा बढी व्यक्तिमा संक्रमण पुष्टि भएको छ भने अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ३९ हजारभन्दा बढी पुगेको छ । त्यस्तै करिब ११ लाख निको भैसकेका छन् ।
स्रोत: कान्तिपुर
मेरा काला दारी हेर्न यहाँ क्लिक गर्नुहोला
यो पनि पढ्नुहोस्
सिद्धार्थ राजमार्गमा फेरि पहिरो खसेपछि शुक्रबार रातिदेखि यातायात अवरुद्ध
One thought on “भारतमा पछिल्लो २४ घण्टामा मात्रै ३४ हजारभन्दा बढीमा कोरोना संक्रमित”