सिद्धार्थ राजमार्गमा फेरि पहिरो खसेपछि शुक्रबार रातिदेखि यातायात अवरुद्ध

सिद्धार्थ राजमार्गमा फेरि पहिरो खसेपछि शुक्रबार रातिदेखि यातायात अवरुद्ध

Sell & Get Post Ads

पाल्पा : सिद्धार्थ राजमार्गमा फेरि पहिरो खसेपछि शुक्रबार रातिदेखि यातायात अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत तानसेन–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८ गौडेपुलनजिकै फेरि ठूलो पहिरो खसेको हो । सोही पहिरोमा फसेको लु १ क ११७५ नम्बरको ट्रकलाई पहिरोले पुरेको छ ।

सामान्य पहिरो खस्न थालेपछि ट्रक बचाउन ब्याक गर्ने क्रममा सडक छेउको नालीमा फसेपछि पुन: पहिरो खसेर पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए । चालक र सहचालक भाग्ने मौका पाएकाले मानवीय क्षति हुन पाएन । सडक सुचारु गर्न तानसेनतर्फबाट डोजर लगाइसकिएको छ भने झुम्साबाट अर्को डोजर मगाएको सडक डिभिजन पाल्पाले जनाएको छ । पहिरो ठूलो भएकाले पन्छाउन दिनभर लाग्ने प्रहरीले जनाएको छ ।

siddhartha-highway-pahiro

माथिल्लो भागबाट निरन्तर ढुंगासहितको पहिरो खसेको छ । पहिरो पन्छाउने क्रममा पनि माथिबाट पहिरो खसेको र पानी पर्ने हो भने काम गर्न नसकिने सडक डिभिजनले जनाएको छ । हिजो बेलुकीदेखि नै पहिरो खस्न सुरु गरेपनि सडक डिभिजनले समयमा डोजर झिकाउन नसक्दा पहिरो पन्छाउन समय लागेको छ । पहिरो खस्ने क्रम नरोकिएकोले जोखिम भने कायमै छ । एक सय ५० मिटर मिटर माथिदेखि ढुंगा, गिट्टीसहित ५० मिटर लामो पहिरो खसेको छ ।

Siddhartha Highway Pahiro

 

एक साताअघि देखिनै पहिरो खस्न सुरु भएको हो र पहिरोको ढुंगा माटोले डुम्रे खोलालाई अवरुद्ध पार्ने भएकाले मिलाई मिलाई पन्छाउनुपर्ने अवस्था रहेको प्रभास प्रहरी चौकीका प्रमुख एक्काबहादुर नेपालीले बताए ।

स्रोत: कान्तिपुर

 

यो पनि हेर्नुहोस्

 

 

Sell & Get Post Ads

One thought on “सिद्धार्थ राजमार्गमा फेरि पहिरो खसेपछि शुक्रबार रातिदेखि यातायात अवरुद्ध

Leave a Reply

Your email address will not be published. Required fields are marked *