राजनराज शिवाकोटी र स्मिता दाहालको स्वर मा  ‘मायालु तिमी कता छौ-२’

राजनराज शिवाकोटी र स्मिता दाहालको स्वर मा ‘मायालु तिमी कता छौ-२’

Sell & Get Post Ads

 

काठमाडौं: करिब् करिब् एक  वर्षअघि गायक तथा संगीतकार राजनराज सिवाकोटी तथा गायिका स्मिता दाहालको स्वरमा सार्वजनिक गीत ‘मायालु तिमी कता छौ‘ लाई दर्शक तथा स्रोताले खुब रुचाए । तिनै नेपाली संगीत जगतका तारा कुशल गायक तथा संगीतकार राजनराज शिवाकोटी र स्मिता दाहालको स्वर मा सजिएको ‘मायालु तिमी कता छौ-२’ को रुपमा नयाँ गीत ‘सिरिरी सिरिरी…’ सार्वजनिक भएको छ ।स्मिता नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)की नातिनी हुन् ।

गीतले छोटो समयमानै दर्शकको न्यानो माया पाएको छ। सार्वजनिक भएको १० घण्टामै करिब् साँढे चार लाखले हेरेका छन। गीतमा चर्चित कलाकार पल शाह र स्वस्तिमा खड्काको अभिनय देख्न सकिन्छ।

गीतको शब्द प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले लेखेका हुन् भने संगीत गायक शिवाकोटीले दिएका छन् ।साहस शाक्यको संगीत संयोजनको उक्त गीतलाई श्यामश्वेत रसाइलीले मिक्सिङ गरेका छन् ।

विक्रम स्वारको कोरियोग्राफी रहेको म्युजिक भिडियोकाे छायांकन नवराज उप्रेतीले गरेका हुन् । भिडियाेको निर्देशन सरोज ओलीले गरेका हुन् ।

भिडियो हेर्नुहोस :

 

 

 

 

 

 

 

 

Sell & Get Post Ads

Leave a Reply

Your email address will not be published. Required fields are marked *